यू-१४ राष्ट्रिय क्रिकेट: मनिष जाेशीकाे कप्तानीमा सुदूरपश्चिमकाे टाेली घाेषणा

बैतडी: यू-१४ राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने सुदूरपश्चिमकाे टाेली घाेषणा गरिएको छ।

मनिष जाेशीकाे कप्तानीमा १४ सदस्यीय टाेली घाेषणा गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टले बताउनुभयाे।

कप्तानमा जाेशीसंगै टाेलीकाे उपकप्तानमा मनोज चन्द,अन्य सदस्यहरूमा मुकेश जोशी,संस्कार भट्ट,बिराज बिष्ट,अस्विन भट्ट,रोयल ढकाल,बिराट सिंह,आयुस डगौरा, सुरज धामी, एलिस चन्द,प्रयाग भट्ट ,सुरेश कठायत र अजित धामी रहेका छन्।

यस्तै रिजन राई,सुभम सुनार,महेश भट्ट र सानिध्य भट्ट वैकल्पिक खेलाडीकाे रूपमा छानिएका छन्।

राष्ट्रिय खेलकुद परिषद तथा नेपाल क्रिकेट संघको आयोजनामा यू-१४ राष्ट्रिय क्रिकेट प्रतियोगिता यही जेठ २५ देखि काठमाडौंमा हुँदैछ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!