विश्वकप लिग २: स्कटल्यान्डद्वारा नेपाललाई २९७ रनको लक्ष्य

काठमाडौं: आइसिसी क्रिकेट विश्वकप लिग २ मा स्कटल्यान्डले नेपाललाई २९७ रनको विशाल लक्ष्य दिएको छ।

पहिला ब्याटिङ थालेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २९६ रन बनाएको हो। स्कटल्यान्डका चार्ली टियरले सर्वाधिक ८० रन बनाए।

फिनले म्याकक्रियाथले ५५ र कप्तान रिची बेरिङ्टन ४० रनको योगदान गरे ।

नेपालका रिजन ढकाल, करण केसी र सोमपाल कामीले समान दुई विकेट लिए। सन्दीप लामिछानेको नाममा एक विकेट रह्यो।

अंक तालिकामा स्कटल्यान्ड १६ खेलबाट २० अंक बटुल्दै चौथो स्थानमा छ।

चार खेल कम खेलेको नेपाल भने स्कटल्यान्डभन्दा चार स्थान तल नै छ।

नेपालले १२ खेल सक्काउँदा जम्मा ६ अंक हात पारेको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!