सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड जेठ २४ देखि

बैतडी:सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको मिति तय भएको छ ।

प्रतियोगिता यही जेठ २४ र २५ गते धनगढीमा हुने तय भएको सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का नायव वरिष्ठ प्रशासकीय अधिकृत टोप बहादुर विष्टले जानकारी दिनुभयो ।

धनगढीस्थित प्रदेश रंगशालामा सञ्चालन हुने प्रतियोगितामा प्रदेशका ९ वटै जिल्ला सहभागी हुनेछन् ।

प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको लागि खेलाडी छनौट भइसकेका बैतडी जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीले बताउनुभयो ।

प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई राष्ट्रपति रनिङ शिल्ड खेलकुदको लागि छनौट गरिनेछ ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको १५औ संस्करण यही जेठ २८ देखि ३० गतेसम्म काठमाडौंमा हुनेछ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!