सित्तडमा रास्वपाको संगठन बिस्तार, सभापतिमा राजेन्द्र सिंह कार्की चयन

बैतडीः राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले दोगडाकेदार गाउँपालिकामा संगठन बिस्तारमा तिब्रता दिएको छ ।

संगठन बिस्तारकै क्रममा उक्त पार्टीले आज वडा नम्बर ६ सित्तडमा अधिवेशन सम्पन्न गरेको छ ।

अधिवेशनबाट सभापतिमा राजेन्द्र सिंह कार्की,उपसभापतिमा पुष्कर भुल,सचिवमा प्रमानन्द भट्ट र सदस्यहरु चयन हुनुभएको छ ।

रास्वपाले जेठ १७ गते दोगडाकेदार वडा नम्बर १ बाट आफ्नो संगठन बिस्तारको काम सुरु गरेको हो ।

दोगडाकेदारका सबै वडामा आफ्नो संगठन बिस्तार गरिने रास्वपा सुदूरपश्चिम प्रदेशका संस्थापक महामन्त्री भोजराज जोशी क्वालिटीले बताउनुभयो ।

पर्सी जेठ २० गते दोगडाकेदार ५ न्वालीमा वडा अधिवेशन हुने जनाएको छ ।

रास्वपाले मिसन ८४ लाई लक्षित गर्दै संगठन बिस्तारको काम सुरु गरेको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!