बैतडी: एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को छनौटका लागि हुने राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली घोषणा गरिएको छ ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टका अनुसार सचिन भट्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो ।
कप्तानमा भट्टसंगै उपकप्तान अविरल विक,सदस्यहरुमा भास्कर जोशी, हिमाल दौल्याल,रविन भण्डारी,आहन थलाल,रवि दमाई,विक्रम बोहरा,लोकेश चन्द,सुवोध तिवारी,राहुल साउँद,शुषिल रावल,रितेश विष्ट र आयुष चन्द रहेका छन् ।
यस्तै रुद्र प्रसाद आचार्य,धु्रव लुहार,महेश देउवा र शंकर बोहरा वैकल्पिक खेलाडीको सूचीमा रहेका छन् ।
हालै सम्पन्न प्रदेशस्तरीय छनौटमा उत्कृष्ट प्रर्दशन गरेका खेलाडीलाई यो टोलीमा समोवश गरिएको हो ।
प्रदेशस्तरीय छनौट प्रतियोगिता वैशाख २६ गतेदेखि बैतडीको दशरथचन्द क्रिकेट रंगशाला र कैलालीको फाप्ला क्रिकेट मैदानमा सञ्चालन भएको थियो ।
प्रतियोगिताका प्रदेशका ८ जिल्लाका टोलीहरुको सहभागिता रहेको थियो ।
यू–१६ राष्ट्रिय क्रिकेट कर्णाली प्रदेशको सुर्खेतमा यहि जेठ १९ गतेदेखि सुरु हुँदैछ।
सुदूरपश्चिमको पहिलो भिडन्त जेठ १९ मा कोशी प्रदेशसंग रहेको छ ।
सुदूरपश्चिमको टिम र खेलतालिका:-


