बैतडीः राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले दोगडाकेदार गाउँपालिकामा संगठन बिस्तार सुरु गरेको छ ।
उक्त पार्टीले आज वडा नम्बर १ बाट आफ्नो संगठन बिस्तारको काम सुरु गरेको हो ।
शनिबार सम्पन्न वडा अधिवेशनबाट गोपाल कार्की सभापति बन्नुभएको छ ।
यस्तै उप सभापतिमा प्रकाश भण्डारी,सचिवमा दिपक सिंह साउँद र अन्य सदस्यहरु रहेका छन् ।
भोलि दोगडाकेदार ६ सित्तडको वडा अधिवेशन हुने रास्वपा सुदूरपश्चिम प्रदेशका संस्थापक महामन्त्री भोजराज जोशी क्वालिटीले बताउनुभयो ।
रास्वपाले मिसन ८४ लाई लक्षित गर्दै संगठन बिस्तारको काम सुरु गरेको जनाएको छ । ।
