ट्रकले किच्दा एक वृद्धको मृत्यु

बैतडी :मिनि ट्रकले किच्दा बैतडीमा एक वृद्धको मृत्यु भएको छ । 
मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका–५ का ८१ वर्षीय महाबीर विष्ट रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिनुभयाे।

शुक्रबार राति सवा ९ बजेको समयमा धनगढीबाट बिष्टपाली गइरहेको सु.प.प्र.०१००१ क १८१३ नम्बरको मिनि ट्रक ब्याक गर्ने क्रममा सडक छेउमा हिँडीरहेका बिष्टलाई किचेकाे थियाे।
ट्रकले किचेर गम्भीर घाइते विष्टलाई उपचारका लागि धनगढी लैजाने क्रममा रातिने बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडीमा राखिएको छ ।
ट्रक र चालक सुर्नया २ का मानसिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!