आईपीएल: फाइनल प्रवेशका लागि पञ्जाब र बेंगलुरु भिड्दै

काठमाडौं: भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको पहिलो क्वालिफायरमा पञ्जाब किङ्स र रोयल च्यालेन्जर्स बेंगलुरु भिड्दैछन् ।

यी दुई टोलीबीचको खेल आज बेलुका पौने ८ बजेदेखि न्यू चण्डीगढमा सुरु हुनेछ ।

पञ्जाब लिग चरणमा शीर्ष स्थानमा तथा बेंगलुरु दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायरमा स्थान बनाएका थिए । दुवैको समान १९ अंक भएपनि पञ्जाब नेट रनरेटमा अघि रह्‍यो ।

आजको खेल जित्ने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ । त्यस्तै पराजित टोलीलाई फाइनल पुग्ने अर्को एक मौका हुनेछ । पराजित टोलीले गुजरात र मुम्बईका बीच हुने इलिमिनेटर खेलको विजेतासँग खेल्ने छ ।

मुम्बई वा गुजरातमध्ये एक टोली भने इलिमिनेटरबाटै बाहिरिने छन् । यसपटक उपाधिविहीन दुई टोली पञ्जाब र बेंगलुरुमध्ये एकले सोझै फाइनलमा स्थान बनाउने अवस्था छ ।

लिग चरणमा पञ्जाब र बेंगलुरुका बीचमा २ खेल भएको थियो जहाँ दुवै टोलीले १/१ खेल जितेका थिए ।

आजको खेल जितेर फाइनमा पुग्ने दुबै टोलीको लक्ष्य छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!