यू-१६ सुदूरपश्चिम छनौटः कैलाली च्याम्पियन, डडेल्धुरा स्तब्ध

बैतडी:एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को सुदूरपश्चिम छनौटको उपाधि कैलालीले जितेको छ ।

आज सम्पन्न फाइनल खेलमा डडेल्धुरामाथि १ विकेटको संघर्षपूर्ण जित दर्ता गर्दै कैलाली च्याम्पियन बन्यो ।

डडेल्धुराले दिएको १०२ रनको मध्यम लक्ष्य कैलालीले २५ दशमलब ३ ओभरमा ९ विकेटको क्षतिमा पूरा गर्यो ।

जसमा आहन थलालले ३२, रोशन रावलले अविजित १५ र सुबोध तिवारीले ११ रनको योगदान गरे ।

डडेल्धुराका सुवेश सिंह रावल,तपेन्द्र बोहरा,टेकराज थलालले समान २/२ विकेट लिए ।

यसअघि पहिला ब्याटिंग गरेको डडेल्धुरा २२ दशमलब ५ ओभरमा १०१ रनमा अलआउट भयो ।

उसका सुवेश सिंह रावलले सर्वाधिक ३० र यसकुमार कठायतले २० रन हिर्काए ।

बलिंगतर्फ कैलालीका राहुल साउँदले ३ विकेट हात पारे । उनी प्लेयर अफ द फाइनल समेत चुनिएका स्कोरर नुरेन अन्सारीले जानकारी दिनुभयो ।

विजेता,उपविजेता तथा पुरस्कृत खेलाडीलाई धनगढी उपमहानगरपालिका ४ का वडाध्यक्ष बुद्धिबहादुर खड्का,कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम विष्ट,सचिव देवनारायण झा,कोषाध्यक्ष विनोद लामा,सदस्य रमेश चन्द, प्रदेश सदस्य बावुराजा श्रेष्ठ,क्यानका छनौटकर्ता दीपेन्द्र चौधरीलगायतले पुरस्कार वितरण गर्नुभयो।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजना जेठ ८ गतेदेखि सुरु प्रतियोगितामा नेपाल क्रिकेट संघमा आवद्ध सुदूरपश्चिमका आठ जिल्लाको सहभागिता रहेको थियो ।

छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदेशको टोलीमा समावेश गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका प्रशिक्षक दीपेन्द्रबहादुर चन्दले बताउनुभयो ।

नेपाल क्रिकेट संघले एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को छनोटका लागि जेठ १९ गतेदेखि सुर्खेतमा राष्ट्रिय प्रतियोगिता गर्दैछ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!