विश्वकप लिग-२: नेपालद्वारा अभ्यास खेल क्लीन स्वीप,भीम लयमा

काठमाडौं: आइसिसी विश्वकप लिग-२ को सिरिजका लागि स्कटल्यान्ड जानुअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीले इंग्ल्यान्डमा खेलेका सबै अभ्यास खेलमा जित निकालेको छ।

सोमबार राति गुमरगनविरूद्धको अभ्यास खेलमा नेपालले डिएलएस मेथडमा ५० रनको जित निकाल्यो। यसअघि नेपालले ग्लोसेस्टरशायरसँगको दुई टी-२० खेल, एमसिसी र कार्डिफको न्यु पोर्ट क्रिकेट क्लबसँग पनि जित हासिल गरेको थियो।

सोमबार २९६ रनको पछ्याएर गुमरगनले ब्याटिङ गर्दा वर्षा भएको थियो। त्यसपछि २३३ रनको लक्ष्य पछ्याएको टोली १८२ रनमा अलआउट भयो। उसका लागि हेनरीले ४२ रन बनाए भने बलिङमा नेपालका कुशल भुर्तेलले ४ विकेट लिए। नन्दन यादवले २ विकेट हात पार्दा रोहित पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी र गुल्सन झाको नाममा एक एक विकेट रह्यो। 

पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटमा २९५ रन बनायो। नेपालका लागि भीम सार्कीले ९२ रन, रोहित पौडेलले ६१ रन र दीपेन्द्रसिंह ऐरीले नटआउट ४९ रन बनाए।

अब नेपाली टोली स्कटल्यान्ड जानेछ। नेपालले त्यहाँ स्कटल्यान्ड ए टोलीसँग दुई वटा अभ्यास खेल्नेछ। 

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!