बैतडी: बैतडीमा जारी एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को सुदूरपश्चिम छनौटमा डोटीले पहिलो जित दर्ता गरेको छ ।
पहिलो जित दार्ता गर्ने क्रममा डोटीले बझाङमाथि २ विकेटको जित निकाल्यो ।
जितका लागि पाएको १३९ रनको लक्ष्य डोटीले २१ दशमलब ३ ओभरमा ८ विकेटको क्षतिमा पुरा गर्यो ।
जसमा मोहनराज भट्टले सर्वाधिक ३४ रनको योगदान गरे ।
बझाङका शुषिल रावलले ३ विकेट झारे ।
त्यसअघि दशरथचन्द क्रिकेट रंगशाला,सुन्दरखालीमा पहिला ब्याटिङ गरेको बझाङ १६ दशमलब २ ओभरमा १३८ रनमा समेटियो ।
उसका हिमाल दौल्यालले सर्वाधिक ३३ रन जोडे ।
डोटीका आयुश सिंहले ३ विकेट चट्काए । उनी प्लेयर अफ द म्याच चुनिए ।
यसैबीच आजै सम्पन्न अर्को खेलमा डडेल्धुरा विजयी भएको छ ।
