बैतडी:बैतडी सदरमुकाम भएर भूकम्प गएको छ।
भूूकम्प मापन केन्द्र सुर्खेतका कार्यालय प्रमुख चिन्तन तिमल्सिनाका अनुसार बैतडीको सदरमुकाम खलंगा केन्द्रविन्दु भएर भूकम्प गएको हाे।
शुक्रबार बिहान १ बजेर ४८ मिनेट ५ दशमलब १ र २ बजे ३ दशमलब ७ रेक्टर स्केलकाे भूकम्प गएको छ।
पहिलाे भूकम्प भएकाे र दाेस्राे पहिलोकै पराकम्प रहेकाे भूकम्प मापन केन्द्रले जनाएको छ।
दुबैकाे केन्द्रविन्दु सदरमुकाम खलंगा नै रहेकाे थियोे ।
लगातार दुईपटक झड्का दिएपछि राति सुतेकाे यहाँका बासिन्दा बाहिर निस्केका छन्।
भूकम्पको धक्का बैतडीसहित सुदूरपहाडका दार्चुला, बझाङ, डडेल्धुरालगायतका जिल्लामा गरिएको छ।
भूकम्पको क्षतिबारे संकलन भइरहेको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिनुभयाे।
