सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई जरिवाना

बैतडी: सार्वजनिक स्थलमा धूम्रपान गर्ने बैतडीका १० जना कारबाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीले सार्वजनिक स्थानमा धूम्रपान गर्ने १० जनालाई कारबाही गरेको हो ।

फागुन ११ गते  देखि चैत्र २९ गते सम्म  सार्वजनिक स्थानमा धूम्रपान गर्ने १० जना कारबाहीमा परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता खेमविक्रम केसीले जानकारी दिनुभयाे।

सार्वजनिक स्थानमा धूम्रपान सेवन गर्नेलाई जनही सय रुपैयाँ जरिवाना गर्ने गरिएको छ ।  कारबाहीमा परेका व्यक्तिहरुबाट १ सय रुपैँया जरीवाना समेत  असुल गरिएको प्रवक्ता केसीले बताउनुभयाे । गत माघमा प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा लगायतका सरोकारवाला निकायको उपस्थितिमा बसेको  बैठकले  जिल्लाका सार्वजनिक स्थानमा धूम्रपान निषेधका लागि निर्णय गरेको थियो ।

सार्वजनिक स्थानमा धूम्रपान निषेधका लागि माघ २६ बाट प्रचारप्रसार अभियान शुभारम्भ गरेको प्रहरीले फागुन ११  गतेबाट अनुगमन गरेर कारबाही थालेको थियो । प्रहरीले अहिले कसैलाई सार्वजनिक स्थानमा धूम्रपान गरेको  देखेमा  प्रचलित कानून बमोजिम कारबाही गरिरहेको हो ।

सार्वजनिक स्थानमा धूम्रपान निषेध गर्नका लागि प्रहरी कार्यालय, मातहतका चौकी, सञ्चार माध्यम सामाजिक सञ्जालबाट प्रचारप्रसार र माइकिङ समेत गरिएको  थियो । सार्वजनिक स्थानमा धूम्रपान निषेध पश्चात पनि धूम्रपान गर्ने अटेरीहरुलाई  प्रहरीले  कारबाही गरेको हो । प्रहरीहरुले अहिले  नियमित अनुगमन गरिरहेको र अवज्ञा गर्नेहरु जुनसुकै समयमा कारबाहीमा पर्ने जिल्ला प्रहरी कार्यालय बैतडीले  जनाएको  छ ।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!