यूएईले पहिलोपटक बंगलादेशलाई हरायाे

काठमाडौं: यूएईले बंगलादेशलाई पहिलोपटक टी-२० आईमा हराएको छ । यूएईले बंगलादेशसँगको टी-२० शृंखला अन्तर्गत दोस्रो खेलमा जित हासिल गरेको हाे।

पहिलोपटक हराउने क्रममा सोमबार राति २ विकेटको जित निकालेको हो ।

२०६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको युएईले १९.५ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो।

जसमा कप्तान मुहम्मद वासीमले आक्रामक ब्याटिङ गर्दै ८२ रन बनाए, जसमा ९ चौका र ५ छक्का समावेश थिए। अर्का ओपनर मुहम्मद जोहेबले ३८ रन बनाएर टोलीलाई राम्रो सुरुवात दिलाए।

त्यसअघि बंगलादेशले टस हारेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेटको क्षतिमा २०५ रन बनाएको थियो। बंगलादेशका लागि तन्जिद हसनले ५९ रन, तौहीद हृिदयले ४५ रन र लिटन दासले ४० रनको योगदान दिए।

बलिङतर्फ युएईका मुहम्मद जवादुल्लाहले ३ विकेट लिँदा सघीर खानले २ विकेट लिए। कप्तान वासीम ‘म्यान अफ द म्याच’ समेत घोषित भए।

योसँगै ३ खेलको शृंखला १-१ को बराबरीमा आएको छ । पहिलो खेलमा बंगलादेशले २४ रनको जित निकालेको थियो ।
सुरुमा २ खेलको मात्र शृंखला हुने भनिएपनि सोमबार अर्को एक खेल मे २१ का लागि थपिएको हो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!