दीपेन्द्र र भीमकाे शतकमा नेपाल विजयी

काठमाडौं: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्ड सिरिजको तयारीमा बेलायत पुगेको नेपाली टोलीले दोस्रो अभ्यास खेलमा पनि विजयी भएको छ ।

दोस्रो अभ्यास खेलमा नेपालले मेरिलेबोन क्रिकेट क्लबलाई १२३ रनले हरायाे।
नेपालले दिएकाे ३३६ रनको विशाल लक्ष्य पछ्याएकाे मेरिलेबोन ३५.३ ओभरमा २१२ रनमा अलआउट भयाे।

नेपालकाे जितमा दीपेन्द्रसिंह ऐरी र भीम सार्कीले शतक हिर्काए।

नेपालले निर्धारित ४५ ओभरमा चार विकेट गुमाउँदै ३३५ रन बनाएको हो।

नेपालका दीपेन्द्रले सर्वाधिक ११० रन बनाए। ६७ बल खेलेका उनले १२ चौका र चार छक्का प्रहार गरे।

भीमले ९० बलमा १० चौका र दुई छक्कासहित १०४ रन बनाए। यी दुवै रिटायर्ड हट भएका हुन्।

अनिलकुमार साह २७ रनमा आउट हुँदा बसीर अहमद ३७ र करण केसी १६ रनमा अविजित रहे।

यसअघि पहिलाे अभ्यास खेलमा नेपालले न्यू पोर्ट क्रिकेट क्लबलाई ३ विकेटले हराएको थियो ।

नेपालले लिग–२ अन्तर्गत स्कटल्याण्ड र नेदरल्याण्डसँग जुन २ देखि १० सम्म सिरिज खेल्नेछ भने लिग–२ सिरिजपछि नेपालले ती देशहरूसँग टी–२०आई सिरिज खेल्नेछ ।
उक्त सिरिज जुन १५ देखि २० सम्म सञ्चालन हुनेछ ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!