मेलाैलीमा सडेको अवस्थामा शिशुको शव फेला

बैतडी: बैतडीको मेलौली नगरपालिका वडा न १ मा शिशुको शव फेला परेको छ ।

मेलौली बसपार्क नजिकै सडेको अवस्थमा फेला परेको शिशुको शव फेला परेको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलदेब बडूले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयाे,”अन्दाजी छ महिनाजति जस्ताे देखिने शिशुकाे शव सडेकाे अवस्थामा भेटिएको छ। ,छाेरा/छाेरी के हाे ?भन्नेबारे समेत पहिचान हुन सकेकाे छैन् ।”

आज अपराह्न ४ बजेतिर शिशुकाे शव स्थानीयले देखेपछि त्यस लगत्तै प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा कम्मर भन्दा तलकाे भाग सडेकाे अवस्थामा भेटिएको र पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!