मोटरसाईकल दुर्घटनामा पञ्चेश्वरका वडाध्यक्ष चन्द घाइते

बैतडी: माेटरसाईकल दुर्घटना हुँदा बैतडीका एक वडाध्यक्ष घाइते हुनुभएकाे छ।

घाइते हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका- ३ का वडाध्यक्ष ५० वर्षीय मिन बहादुर चन्द रहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिनुभयाे।

गाउँपालिका कार्यालयबाट घर फर्किरहेका बेला आइतबारदेखि साँझ उहाँ सवार सुप प्र ०४ ००१ ब ०१२८ नम्बरकाे माेटरसाईकल स्थानीय कठपते भन्ने ठाउँमा दुर्घटनामा परेकाे हाे।

दुर्घटनाग्रस्त माेटरसाइकल सडकबाट १०० मिटर तल खसेकाे थियाे।
घाइते वडाध्यक्षकाे टाउकाे र खुट्टामा चाेट रहेकाे र डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

उपचाररत वडाध्यक्षकाे अवस्था खतरामुक्त रहेकाे पञ्चेश्वर गाउँपालिका अध्यक्ष गाेरखबहादुर चन्दले बताउनुभयो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!