बैतडी: एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को सुदूरपपिश्चम छनौट बैतडीमा हुने भएको छ ।
छनौट प्रतियोगिता यही जेठ ८ गतेदेखि बैतडीको दशरथचन्द क्रिकेट रंगशाला,सुन्दरखालीमा हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टले बताउनुभयो ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजना र बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालन हुने प्रतियोगिताको खेलतालिका समेत सार्वजनिक गरिएको छ ।
छनौट प्रतियोगितामा नेपाल क्रिकेट संघमा आवद्ध सुदूरपश्चिमका आठ जिल्लाको सहभागिता रहनेछ ।
सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ए मा डडेल्धुरा,बैतडी,बझाङ र डोटी तथा समूह बी मा अछाम, कैलाली, कञ्चनपुर र दार्चुला रहेका छन् ।
जेठ ८ गते हुने पहिलो तथा उद्घाटन खेलमा बैतडी र बझाङ भिड्दा सोही दिन हुने अर्को खेल डडेल्धुरा र डोटी प्रतिस्प्रर्धा गर्नेछन् ।
जेठ ९ गते हुने पहलिो खेलमा बैतडी र डडेल्धुरा भिड्दा दोस्रोमा बझाङ र डोटी आमनेसामने हुनेछन् ।
जेठ १० गते पहिलो खेलमा डडेल्धुरा र बझाङबीच भिडन्त हुँदा दोस्रो खेलमा बैतडी र डोटी प्रतिस्प्रर्धा गर्नेछन् ।
जेठ ११ पहिलो खेलमा अछाम र कैलाली प्रतिस्प्रर्धा गर्दा दोस्रोमा कञ्चनपुर र दार्चुला भिड्नेछन् ।
जेठ १२ गते पहिलो खेलमा अछाम र कञ्चनपुर भिड्दा दोस्रोमा कैलाली र दार्चुला खेल्नेछन् ।
जेठ १३ गते पहिलो खेलमा कैलाली र कञ्चनपुर आमनेसामाने हुँदा दोस्रोमा अछाम र दार्चुलाबीच भिडन्त हुनेछ ।
जेठ १४ गते समूह ए विजेता र बी को विजेता उपाधिका लागि खेल्नेछन् ।
छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदेशको टोलीमा समावेश गरिनेछ।
एशियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार नेपाल क्रिकेट संघले एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को छनोटका लागि यही महिनामा राष्ट्रिय प्रतियोगिता गर्दैछ ।

