बैतडी: बैतडीको मेलौलीमा बृहत स्वराड बैतडी सांस्कृतिक महोत्सव तथा व्यापार मेला सुरू भएको छ ।
पर्यटन विकास मञ्चको आयोजना तथा मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिको सहयोगमा महोत्सव सञ्चालन भएको हो ।
मेलौली भवगती मन्दिरको प्राङगणमा सुरु भएको महोत्सवको एक औपचारिक कार्यक्रमकाबीच उद्घाटन गरिएको कार्यक्रम संयोजक सागर भण्डारी सोराडीले जानकारी दिनुभयो ।
पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले उद्घाटन गर्नुभएको समारोहमा प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, मेलौली नगरपालिकाका निर्वतमान प्रमुख कृष्णसिंह नायक,पञ्चेश्वर गाउँपािलका उपाध्यक्ष बिना भट्ट,सबै सुरक्षा निकायका प्रमुख,जनप्रतिनिधिलगायतको उपस्थिती रहेको थियो ।
उद्घाटन समारोहमा बोल्दै अध्यक्ष चन्दले महोत्सवले पर्यटनको विकासमा सहयोग पुग्ने बताउनुभयो ।
उद्घाटन समारोहमा बिजुलका छलियाको बेजोड प्रस्तुति पनि रहेको थियो ।
स्थानीय उत्पादन कला संस्कृति, संरक्षण र प्रर्वद्धन हाम्रो अभियान भन्ने नाराका साथ सुरु भएको महोत्सव जेठ १२ गते सम्पन्न हुने पर्यटन विकास मञ्चका अध्यक्ष हरिसप्रसाद जोशीले बताउनुभयो ।
महोत्सवमा लोकदोहोरी, हाँस्यब्यंग्य, स्थानीय लोक देउडा तथा नृत्य र सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादन, पर्यटक लक्षित संस्कृति भेषभूषा तथा ऐतिहासिक पुरातात्त्विक प्राकृतिक धार्मिक विभिन्न पर्यटकीय क्षेत्रको प्रवद्र्धन र प्रचार–प्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको जनाएको छ।
महोत्वसमा गायक रामजी खाँड, पुष्कल शर्मा, महेश औजी, एलीना चौहान, रेखा जोशी, चक्र बम, सेरी औजी लागयतका स्थानीय कलाकाहरुको प्रस्तुती रहने मुख्य प्रायोजक क्वालिटी आल्मुनियम स्टील एण्ड युपीभिसी प्रोपराइटर भोजराज जोशी क्वालिटीले बताउनुभयो ।
