बैतडी: कैलालीमा जारी जिल्लास्तरीय यू–१६ इन्टर स्कुल क्रिकेट च्याम्पियनसिप अन्र्तगत आज ३ खेल सम्पन्न भएका छन् ।
सम्पन्न खेलहरुबाट धनगढी नमुना स्कुल,जेसिस एभरेष्ट इङलिस स्कुल र ऐश्वर्या विद्या निकेतन विजयी भएका छन् ।
नमुनाले एक्सिस विद्याश्रम स्कुलमाथि ६ विकेटको जित निकाल्यो ।
एक्सिसले दिएको ७४ रनको लक्ष्य ९ दशमलब ४ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो ।
यसअघि फाप्ला मैदानमा पहिला ब्याटिंग गरेको एक्सिस १३ ओभरमा ७३ रनमा समेटियो।
जेसिसले एलायन्स इन्टरनेशनल स्कुललाई ४१ रनले पराजित गर्यो ।
जितका लागि पाएको १२४ रनको लक्ष्य पछ्याएको एलायन्स १२ दशमलब २ ओभरमा ८२ रनमा समेटियो ।
पहिला ब्याटिंग गर्दै जेसिसले निर्धारित १५ ओभरमा ८ विकेटको क्षतिमा १२३ रन बनायो ।
आजै सम्पन्न अर्को खेलमा ऐश्वर्याले चैतन्य पाठशालालाई १६ रनले स्तब्ध पार्यो ।
पहिला ब्याटिंग गरेको ऐश्वर्याले निर्धारित १५ ओभरमा ६ विकेटको क्षतिमा ११६ रन जोड्यो ।
जवाफमा ११७ रनको लक्ष्य पछ्याएको चैतन्यले निर्धारित १५ ओभरमा ५ विकेटको क्षतिमा १०० रन मात्रै बनाउन सक्यो ।
यसअघि समूह बी बाट मणिलेक इन्टरनेशनल स्कुल र समूह सी बाट वेस्टर्न क्रिस्टल एकेडेमी अन्तिम चारमा सुरक्षित भइसकेका छन्।
वैशाख २६ गतेदेखि जारी प्रतियोगिता जेठ ७ गते सम्पन्न हुने प्रतियोगिताका प्राविधिक प्रमुख नुरेन अन्सारीले जानकारी दिनुभयो ।
कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित प्रतियोगितामा १७ टोलीको सहभागिता रहेको छ ।
यो प्रतियोगिताबाट एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को लागि जिल्लाको टिम छनौट गरिने कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम विष्टले बताउनुभयो ।
