काठमाडौं: स्कटल्यान्डमा हुने आइसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिज र टी–२०आई सिरिजका लागि नेपाली क्रिकेट टोली स्कटल्यान्ड प्रस्थान गरेकाे छ।
उक्त टाेलीलाई यसअघि नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दलगायतले एक कार्यक्रम गर्दै सिरिज खेल्न जाने टोलीको बिदाइ गरेको थियाे ।
नेपालले लिग–२ अन्तर्गत स्कटल्याण्ड र नेदरल्याण्डसँग जुन २ देखि १० सम्म सिरिज खेल्नेछ भने लिग–२ सिरिजपछि नेपालले ती देशहरूसँग टी–२०आई सिरिज खेल्नेछ । उक्त सिरिज जुन १५ देखि २० सम्म सञ्चालन हुनेछ ।
लिग–२ का लागि नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), सन्दीप लामिछाने, गुलशन झा, अनिल शाह, भीम सार्की, सोमपाल कामी, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, र करण केसी रहेका छन् ।
नेपाल सुखद नतिजाकाे लक्ष्यमा छ।
