कैलाली यू-१६ च्याम्पियनसिप: मणिलेक र वेस्टर्न सेमिफाइनलमा

बैतडी: कैलालीमा जारी जिल्लास्तरीय यू–१६ इन्टर स्कुल क्रिकेट च्याम्पियनसिपकाे सेमिफाइनल पुग्ने दुई टाेलीकाे टुंगो लागेकाे छ।

समूह सी बाट मणिलेक इन्टरनेशनल स्कुल र समूह डी बाट वेस्टर्न क्रिस्टल एकेडेमी अन्तिम चारमा सुरक्षित भएका हुन्।

सेमिफाइनलमा सुरक्षित हुने क्रममा मणिलेकले काेभिद इन्टरनेशनल स्कुललाई ६२ रनले हरायाे ।

मणिलेकले दिएकाे १३३ रनकाे लक्ष्य पछ्याएकाे काेभिद ११.४ ओभरमा ७० रनमा समेटियाे।

अर्काे खेलमा हाेलिल्याण्ड इन्टरनेशनल स्कुलमाथि १३३ रनकाे विशाल जित निकाल्दै वेस्टर्न पनि सेमिफाइनलमा पुग्याे।

वेस्टर्नले दिएकाे १५० रनकाे लक्ष्य पछ्याएकाे हाेलिल्याण्ड ६.१ ओभरमा १६ रनमा अलआउट भयाे।

आजै भएकाे अर्को खेलमा कैलाली माेडेल स्कुलले विद्या वेदान्त पिठलाई ६१ रनले हरायाे।

वैशाख २६ गतेदेखि जारी प्रतियोगिता जेठ ७ गते सम्पन्न हुने प्रतियोगिताका प्राविधिक प्रमुख नुरेन अन्सारीले जानकारी दिनुभयाे ।

कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित प्रतियोगितामा १७ टोलीको सहभागिता रहेको छ ।

यो प्रतियोगिताबाट एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को लागि जिल्लाको टिम छनौट गरिनेछ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!