यू-१६ बैतडी छनौट: एनसीसी र युनाइटेड विजयी

बैतडी: बैतडीमा जारी एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को जिल्लास्तरीय छनौट प्रतियोगिता अन्तरगत आज दुई खेल सम्पन्न भएका छन्।

जसमा निङ्गलाशैनी क्रिकेट क्लब र बैतडी युनाइटेड क्रिकेट एकेडेमी विजयी भएकाे छन्।
एनसीसीले पाटन क्रिकेट क्लबलाई ८ विकेटले हरायाे।

पाटनले दिएकाे १३५ रनको लक्ष्य एनसीसीले १५ ओभरमा २ विकेटकाे क्षतिमा पूरा गर्याे।

जसमा विक्रम बाेहराले अर्धशतकीय पारी खेल्दै ८७ रनमा अविजित रहे। उनी प्लेयर अफ द म्याच समेत चुनिए।

पाटनका जयबहादुर नाथ र श्याम विष्टले १/१ विकेट लिए।

यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा पहिला ब्याटिङ गरेकाे पाटन २० ओभरमा १३४ रनमा अलआउट भयाे।

उसका दिपेस विकले अविजित २४ रन हिर्काए।

एनसीसीका नवीन सिंह भाटले ४ विकेट चट्काए।

अर्काे खेलमा युनाइटेडले दशरथचन्द एकेडेमीमाथि ४ विकेटको जित निकालेकाे स्कोरर दीपेन्द्र बहादुर बोहराले जानकारी दिनुभयो ।

१३६ रनकाे विजय लक्ष्य युनाइटेडले १६.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्याे ।

जसमा म्यान अफ द म्याच समेत भएका मुकेश चन्दले ५५ रनकाे याेगदान गरे।

यसअघि ब्याटिङ गरेकाे एकेडेमीले २० ओभरमा १३५ रनमा समेटियो ।

उसका निरज थापाले सर्वाधिक ३८ रन जाेडे।

युनाइटेडका दिपक चन्दले ४ विकेट लिए।

वैशाख २६ गतेदेखि सुरू भएकाे प्रतियोगिता जेठ १ गतेदेखि सम्पन्न हुनेछ।

प्रतियोगितामा जिल्लाका ७ टोलीको सहभागिता रहेको बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले जानकारी दिनुभयो ।

छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई जिल्लाको टोलीमा समावेश गरिने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयो ।

एशियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार नेपाल क्रिकेट संघले एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को छनोटका लागि आगामी जेठमा राष्ट्रिय प्रतियोगिता गर्दैछ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!