शिक्षा क्षेत्र सुधारका लागि डिलाशैनीले गर्याे ४३ बुँदे घाेषणापत्र जारी

बैतडी: शैक्षिक गुणस्तर सुधारका लागि बैतडीको डिलाशैनी गाउँपालिकाले आयोजना गरेको पालिकास्तरीय शैक्षिक सम्मेलन सम्पन्न भएको छ । शिक्षा क्षेत्र सुधारका लागि ४३ बुँदे घोषणापत्र जारी गर्दै सम्मेलन सम्पन्न भएको हाे।

तीनदिनसम्म सञ्चालन भएको सम्मेलनमा शिक्षा क्षेत्र सुधारका विभिन्न बिषयमा छलफल भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख महादेव भट्टले जानकारी दिनुभयाे।
शैक्षिक सम्मेलनले पारित गरेको घोषणापत्रमा प्रत्येक विद्यालयमा छात्रवृत्ति काेष स्थापना गर्ने, फाेहाेरमैला व्यवस्थापन,नैतिक शिक्षा दिने, विद्यालय सुधार योजना अनुसार अघि बढ्ने, हरित विद्यालयको अवधारणा, विद्यालयको दिवा खाजा कार्यक्रमका लागि विद्यालयमै उत्पादन,उत्कृष्ट खेलाडी उत्पादन गर्ने लगायतका कुराहरु उल्लेख गरिएको छ । 

सम्मेलनको पहिलो दिन विद्यालयहरुले विद्यालय सुधार योजना प्रस्तुत गरेका थिए भने दोश्रो दिन विज्ञान तथा कला प्रदर्शनी र कार्यक्रमको अन्तिम दिन नृत्य प्रतियोगितासहित सम्मेलन सम्पन्न हाे। 

सम्मेलनले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा सुधार ल्याउनका लागि पहल गर्ने डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टकाे विश्वास छ।

शैक्षिक सम्मेलनले सामुदायिक विद्यालयहरुलाई आफ्नो कार्ययोजनाअनुसार शैक्षिक कार्यक्रम अघि बढाउन सहयोग मिल्ने डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताउनुभयाे।उहाँले भन्नुभयो,” सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका सम्मेलनकाे आयाेजना गरिएको हाे। यसले भोलिका दिनमा सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार ल्याउने अपेक्षा छ ।”

गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजमा आयोजना गरिएको सम्मेलनमा पालिकाभरीका ५६ ओटा सामुदायिक विद्यालयहरुको सहभागिता रहेको थियो । 
हेर्नुस् ४३ बुँदे घाेषणापत्र:-

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!