कैलाली यू-१६ च्याम्पियनसिप: श्रृजनशिल, मणिलेक र कैलाली माेडेल विजयी

बैतडी: कैलालीमा जारी जिल्लास्तरीय यू–१६ इन्टर स्कुल क्रिकेट च्याम्पियनसिपमा आज ३ खेल सम्पन्न भएका छन्।

पहिलाे खेलमा हाेलिल्याण्ड इङलिस स्कुललाई ४ विकेटले हराउदै श्रृजनशिल इङलिस स्कुलले पहिलाे जित निकालेको छ।
फाप्ला क्रिकेट मैदानमा हाेलिल्याण्डले दिएकाे ७१ रनकाे सामान्य लक्ष्य श्रृजनशिलले १०.२ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्याे।
दाेस्राे खेलमा मणिलेक इन्टरनेशनल स्कुलले द गार्डनर स्कुलमाथि १०१ रनले हरायाे।
मणिलेकले दिएकाे १३५ रनकाे लक्ष्य पछ्याएकाे गार्डनर १२.१ ओभरमा ३३ रनमा अलआउट भयाे।
अन्तिम तथा तेस्रो खेलमा कैलाली माेडेल स्कुलले काेभिद इन्टरनेशनल स्कुललाई ४१ रनले स्तब्ध पार्याे।
१२१ रनकाे लक्ष्य पछ्याएकाे काेभिद ११.५ ओभरमा ७९ रनमा अलआउट भयाे।

वैशाख २६ गतेदेखि जारी प्रतियोगिता जेठ ७ गते सम्पन्न हुने प्रतियोगिताका प्राविधिक प्रमुख नुरेन अन्सारीले जानकारी दिनुभयाे ।
कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित प्रतियोगितामा १७ टोलीको सहभागिता रहेको छ ।

यो प्रतियोगिताबाट एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को लागि जिल्लाको टिम छनौट गरिनेछ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!