यू-१६ बैतडी छनौट: एकेडेमी र युनाइटेड विजयी

बैतडी: एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को बैतडी छनौट प्रतियोगिता अन्तरगत आज दुई खेल सम्पन्न भएका छन्।

जसमा दशरथचन्द क्रिकेट एकेडेमी र बैतडी युनाइटेड क्रिकेट एकेडेमी विजयी भएकाे छन्।
एकेडेमीले महारूद्र क्रिकेट क्लबमाथि २९ रनकाे जित निकाल्याे।
जितका लागि पाएकाे ११२ रनकाे लक्ष्य पछ्याएकाे महारूद्र ८२ रनमा समेटियाे।
जसमा विक्रम भाटले सर्वाधिक २२ रन बनाएपनि हतर टार्न सकेनन् ।
एकेडेमीका निखिल टमटाले ४ विकेट हात पारे ।उनी प्लेयर अफ द म्याच समेत घाेषित भए ।

यसअघि पहिला ब्याटिङ गरेकाे एकेडेमीले १५ ओभरमा ७ विकेटको क्षतिमा १११ रन बनायाे ।
उसका साैरभ रानाले सर्वाधिक २९ रन हिर्काए।

यस्तै अर्काे खेलमा युनाइटेडले बैतडी क्रिकेट एकेडेमीमाथि १ विकेटको राेमाञ्चक जित निकाल्याे।

जितका लागि पाएकाे ११७ रनकाे लक्ष्य युनाइटेडले १६.४ ओभरमा ९ विकेटको क्षतिमा पूरा गर्याे।
जसमा पञ्कज चन्दले सर्वाधिक २० रन बनाए।
एकेडेमीका कप्तान आदर्श चन्द र सुशील टमटाले २/२ विकेट लिए ।
यसअघि दशरथचन्द क्रिकेट रंगशाला, सुन्दरखालीमा पहिला ब्याटिङ गरेकाे एकेडेमीले १८.२ ओभरमा ११६ रनमा अलआउट भयाे ।
उसका नवीन टमटाले सर्वाधिक २३ कप्तान आदर्श चन्दले १७ रन हिर्काए। आदर्श प्लेयर अफ द म्याच समेत चुनिएका स्कोरर दीपेन्द्र बहादुर बोहराले जानकारी दिनुभयो ।

वैशाख २६ गतेदेखि सुरू भएकाे प्रतियोगिता जेठ १ गतेदेखि सम्पन्न हुनेछ।

प्रतियोगितामा जिल्लाका ७ टोलीको सहभागिता रहेको बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले जानकारी दिनुभयो ।

छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई जिल्लाको टोलीमा समावेश गरिने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयो ।

एशियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार नेपाल क्रिकेट संघले एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को छनोटका लागि आगामी जेठमा राष्ट्रिय प्रतियोगिता गर्दैछ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!