बैतडी: कैलालीमा जारी जिल्लास्तरीय यू–१६ इन्टर स्कुल क्रिकेट च्याम्पियनमा आज ३ खेल सम्पन्न भएका छन्।
पहिलाे खेलमा वेस्टर्न क्रिस्टल एकेडेमीले श्रृजनशिल इङलिस स्कुललाई ६५ रनले हरायाे। एकेडेमीकाे याे दाेस्राे जित हाे ।
यसअघि क्रिसेन्ट सिटी स्कुललाई ८ रनले हराएर एकेडेमीले विजयी सुरूआत गरेकाे थियाे।
दाेस्राे खेलमा काेविदा इन्टरनेशनल स्कुलले विद्या वेदान्त पीठमाथि १० विकेटको जितमा निकाल्याे।
तेस्राे तथा अन्तिम खेलमा द ग्रान्डर स्कुलमाथि कैलाली माेडेल स्कुलले १ विकेटको राेमाञ्चक जित दर्ता गर्याे।
फाप्ला क्रिकेट मैदानमा वैशाख २६ गतेदेखि जारी प्रतियोगिता जेठ ७ गते सम्पन्न हुने प्रतियोगिताका प्राविधिक प्रमुख नुरेन अन्सारीले जानकारी दिनुभयाे ।
कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित प्रतियोगितामा १७ टोलीको सहभागिता रहेको छ ।
यो प्रतियोगिताबाट एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को लागि जिल्लाको टिम छनौट गरिनेछ ।


