यू-१६ बैतडी छनौट सुरुः उद्घाटनमा महारुद्र विजयी

बैतडी: एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को बैतडी छनौट प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ ।

दशरथचन्द क्रिकेट रंगशाला, सुन्दरखालीमा भएको उद्घाटन खेलमा महारुद्र क्रिकेट क्लब विजयी भएको छ ।

महारुद्रले बैतडी क्रिकेट एकेडेमीलाई ८१ रनले हरायो ।

जितका लागि पाएको १६८ रनको लक्ष्य पन्छाएको एकेडेमीले निर्धारित १७ दशमलब ५ ओभरमा १२२ रनमा अलआउट भयो ।

जसमा सचिन भट्टले सर्वाधिक २० रनको योगदान गरेपनि जितका लागि प्रर्याप्त हुन सकेन ।

महारुद्रका राजेश भाटले ३ विकेट हात पारे ।

यसअघि पहिला ब्याटिंग गरेको महारुद्रले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६७ रन बनायो ।

प्लेयर अफ द म्याच समेत चुनिएका महारुद्रका कप्तान विनोद भाटले अर्धशतकीय पारी खेल्दै ८१ रन हिर्काएका स्कोरर दीपेन्द्र बहादुर बोहराले जानकारी दिनुभयो ।

एकेडेमीका सचिन भट्ट र सन्तोस चन्दले २÷२ विकेट झारे ।

जेठ १ गतेदेखि सम्पन्न हुने प्रतियोगितामा जिल्लाका ७ टोलीको सहभागिता रहेको बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले जानकारी दिनुभयो ।

छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई जिल्लाको टोलीमा समावेश गरिने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयो ।

एशियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार नेपाल क्रिकेट संघले एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को छनोटका लागि आगामी जेठमा राष्ट्रिय प्रतियोगिता गर्दैछ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!