दाेगडाकेदारका छ वडा पूर्ण संस्थागत सुत्केरी घाेषणा

बैतडी:बैतडीको दाेगडाकेदार गाउँपालिका छ वटा वडाहरूलाई पूर्ण संस्थागत सुत्केरी घाेषणा गरिएको छ।
गाउँपालिकालाई नै आगामी आर्थिक वर्षभित्रै पूर्ण संस्थागत सुत्केरी घाेषणा गर्ने लक्ष्यसहित यहाँका छ वडालाई घाेषणा गरिएको हाे।

वडा नं १ रिम र वडा नं २ कमलपुरबाहेकका अन्य सबै वडा पूर्ण संस्थागत सुत्केरी घाेषणा गरिएका दाेगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताउनुभयो ।

गाउँपालिकाले बनाएकाे कार्यविधिअनुसार वडाभित्र रहेका ९८ प्रतिशत गर्भवती स्वास्थ्यसंस्थामै सुत्केरी भएकाे,नियमित रूपमा ४ पटक गर्भ जाँच गराएकाे,नेपाल सरकारकाे मापदण्डअनुसार ९० प्रतिशतले गर्भवती टिडी खाेप लगाएको,आइरन चक्की, जुका औषधि खाएकाे,पाैष्टिक आहारका लागि परामर्श गरेकाे,
एचआइभी जाँच गरेकाे लगायतका मापदण्डअनुसार पूर्ण संस्थागत सुत्केरी वडा घाेषणा गर्ने गरिएको प्रमख नाथले बताउनुभयो ।

गाउँपालिकाले स्वास्थ्यक्षेत्रलाई प्राथमिकतामा राखेकाेले याे क्षेत्रमा बजेटकाे पनि विषेश व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत रविन्द्र धामीले बताउनुभयो। उहाँले भन्नुभयो,”स्वास्थ्य क्षेत्रलाई पालिकाले प्राथमिकतामा राखेकाे छ, यसमा बजेटकाे पनि विषेश व्यवस्था गरेका छाैं।,”

आमा र बच्चाकाे स्वास्थ्यका लागि गाउँपालिकाले विषेश कार्यक्रम सञ्चालन गरेकाे र अगामी दिनमा पनि ती कार्यक्रम सञ्चालन हुने गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताउनुभयो । उहाँले भन्नुभयाे, ” गर्भवती र सुत्केरीलाई मध्यनजर गरेर मातृशिशु काेष स्थापना गरेका छाैं। उपाध्यक्षकाे काेसेली पनि सञ्चालनमा छ।”

गाउँपालिकाकाे समग्र विकासका साथै स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकतामा राखेकाे दाेगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयाे। उहाँले भन्नुभयो,” गाउँपालिकाकाे समग्र विकासका साथै स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकतामा राखेका छाैं।”

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!