भारत पाकिस्तानबीच तनाव बढ्याे,मिसाइल आक्रमण सुरू

काठमाडौं:  भारतले पाकिस्तानमाथि मिसाइल आक्रमण गरेको छ ।
गत अप्रिलमा मुस्लिम आतंककारीहरूले काश्मिरमा २६ जना हिन्दूकाे हत्या गरेको घटनालाई लिएर भारतले पाकिस्तानमाथि हमला गरेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पाकिस्तान नियन्त्रित काश्मिर र अन्य भूभागमा भारतले मिसाइल प्रहार गरेको छ । यसलाई अपरेसन सिन्दूर नाम दिइएको छ ।

पाकिस्तानले भारतबाट तीन मिसाइलहरू प्रहार भएको बताएको छ भने चाँडै यसको जवाफ दिने प्रतिबद्धता पनि जनाएको छ । भारतले भने आक्रमणको प्रकृतिबारे उल्लेख गरेको छैन ।
भारतीय सञ्चारमाध्यमले पाकिस्तानका ९ वटा आतंकवादी अड्डा भारतले ध्वस्त पारेको बताइरहेका छन् ।
दुबै देशबीच तनाब बढिरहेको छ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!