काठमाडौं: राजस्थान रोयल्स इण्डियन प्रिमियर लिग (आइपिएल) काे प्लेअफ दाैडबाट बाहिरिएकाे छ।
कोलकाता नाइट राइडर्ससंग पराजित भएसंगै राजस्थान प्लेअफ दाैडबाट बाहिरिएको हाे।
जितका लागि २०७ रनकाे लक्ष्य पछ्याएकाे राजस्थानले २० ओभरमा ८ विकेटको क्षतिमा २०५ रन मात्रै बनाउन सक्याे।
राजस्थानका कप्तान रियान परागले छ बलमा छ छक्का हिर्काउने कीर्तिमान बनाउदै ९५ रनकाे याेगदान गरेपनि टाेलीलाई जिताउन सकेनन् ।
यसअघि इडेन गार्डेनमा टस जितेर कोलकाताले पहिलो ब्याटिङ गरेकाेमा निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ६ रन बनायो।
ओपनर सुनिल नराइन ११ रनना र र अर्का ओपनर रहमानुल्लाह गुर्बाज ३५ रनना आउट भए। ६९ रन जोड्दा कोलकाताले २ विकेट गुमायो।
यसपछि कप्तान अजिन्के राहने र अंगकृश रघुवंशीले तेस्रो विजेटको लागि ४२ रनको साझेदारी गरे। राहने ३० रनमा आउट भए।
अंगकृश र आन्द्रे रसलले चौथो विकेटको लागि ६१ रनको साझेदारी गरे। अंगकृश ३१ बलमा ४४ रन जोडेर आउट भए।
रसलले उत्कृष्ट ब्याटिङ गरे। २५ बलमा ४ चौका र ६ छकमका सहित अविजित ५७ रनको महत्वपूर्ण योगदान दिए।
बलिङमा जोफ्रा आर्चर, युद्धवीर सिंह, महिश थिक्साना र रियान परागले १/१ विकेट लिए।
कोलकाता ११ अंक सहित छैटौं स्थानमा उक्लिदा र राजस्थान ६ अंक सहित आठौं स्थानमा छ।
