विश्वकप लिग टु: कुशल मल्ल बाहिर राखेर नेपाली टाेली घाेषणा,युवराज ईन

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी क्रिकेट विश्वकप लिग–२ को शृंखला तथा बेलायत भ्रमणका लागि दोस्रो चरणको बन्द प्रशिक्षणमा २५ खेलाडीलाई छनोट गरेको छ ।
नेपाली राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट अलराउन्डर कुशल मल्ल बाहिरिएका छन्।
छनोटमा लामो समयदेखि लयमा नरहेका कुशललाई हटाइएको हो।

पहिलो चरणमा ५२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको थियो । क्यानले यी खेलाडीलाई निलो, हरियो, रातो र पहेंलो गरि चार समूहमा विभाजन गर्दै ‘कोर क्याम्प’ सञ्चालन गरेको थियो। क्याम्पमा गरेको प्रदर्शनका आधारमा मुख्य प्रशिक्षक स्टुअट लले खेलाडी छानेका हुन् ।

नेपालले आगामी जुनमा स्कटल्यान्डमा हुने आइसिसी विश्वकप लिग–२ अगाडि बेलायतमा प्रशिक्षण गर्नुका साथै केही अभ्यास खेल खेल्नेछ ।

बन्द प्रशिक्षणमा रहेका खेलाडी

रोहितकुमार पौडेल (कप्तान), गुलशनकुमार झा, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, अनिलकुमार साह, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, भीम सार्की, आरिफ शेख, दिलिप नाथ, प्रतिश जिसी, अर्जुन साउद, शुभ कंसाकार, साहब आलम, बसिर अहमद, लोकेश बम, नन्दन यादव, युवराज खत्री, रिजन ढकाल, अकाश चन्द, रुपेशकुमार सिंह, किरण ठगुन्ना।

Oplus_131072

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!