नेपालमा यस वर्ष अत्यधिक वर्षा,सतर्कता अपनाउन आग्रह

काठमाडौं:नेपालमा यस वर्ष अत्यधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेकाे छ। अत्यधिक वर्षा हुने भएकाेले सतर्कता अपनाइराख्न आग्रह गरिएको छ।

नेपालमा एक हप्तापछि कोशी प्रदेशबाट मनसुन भित्रिने जलवायुविज्ञ डा. धर्मराज उप्रेतीले जानकारी दिनुभयो । कोशीबाट भित्रिने मनसुन विकसित हुँदै सुदूरपश्चिम प्रदेशसम्म पुग्दा दुईहप्ता लाग्नेछ।

यस वर्ष अत्यधिक वर्षा हुने पूर्वानुमान रहेकाले सोहीअनुसारका योजना बनाई तयारीमा जुट्न तथा आपत्कालीन पूर्वतयारी गर्ने भन्ने बारेमा समयमै ध्यान दिनुपर्नेमा जाेड दिइएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!