एसिसी यू-१६ क्रिकेटः बैतडी जिल्ला छनौट वैशाख २५ देखि हुने

बैतडी: एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को छनोट प्रतियोगिताका लागि बैतडीमा पनि तयारी गरिएको छ ।

उक्त छनौट प्रतियोगिताका लागि बैतडी जिल्ला क्रिकेट संघले यहाँका क्लबहरुबीच प्रतिस्प्रर्धा गराउदैछ ।

संघले आज एक सूचना जारी गर्दै संघमा आवद्ध क्लबहरुलाई सहभागीताका लागि आह्वान गरेको बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले जानकारी दिनुभयो ।

सहभागी हुने क्लबहरुबीच यही वैशाख २५ गतेदेखि दशरथचन्द क्रिकेट रंगशाला, सुन्दरखालीमा छनौट खेलहरु सञ्चालन हुनेछन् ।

चार दिनसम्म सञ्चालन हुने छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई जिल्लाको टोलीमा समावेश गरिने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयो ।

उहाँले भन्नुभयो,“छनौट प्रतियोगितामा सहभागिताका लागि संघका आवद्ध सम्पूर्ण क्लबलाई आह्वान गरेका छौं। यस छनौट प्रतियोगिताबाट जिल्लाको उत्कृष्ट टोली तयार गछौं । ”

प्रतियोगितामा सहभागी हुने खेलाडी १२ वर्ष पूरा भएको र वि स २०६५ भाद्र पछि जन्मेको हुनु पर्नेछ ।

यस्तै उमेर प्रमाणित हुने कागजातको हकमा अनलाईन जन्म दर्ता, नाबालिक परिचय पत्र वा विद्यालयबाट उमेर प्रमाणित भएको कागजागतको प्रतिलिपि पेश गर्नु पर्नेछ ।

टि–२० फरम्याटमा सञ्चालन हुने प्रतियोगितामा सहभागी हुने खेलाडीको खेल सामग्री,आवास,यातायातलगायतको सम्पूर्ण खर्च सम्वन्धित क्लबले व्यहोर्नुपर्ने बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ ।

एशियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार नेपाल क्रिकेट संघले एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को छनोटका लागि आगामी जेठमा राष्ट्रिय प्रतियोगिता गर्दैछ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!