काठमाडौं: एसियाली खेलकुदमा क्रिकेट खेल पनि समावेश हुने भएको छ।
आगामी वर्ष सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानमा हुने २०औं एसियाली खेलकुदमा क्रिकेट पनि समावेश हुने भएको हो ।
एसियाली ओलम्पिक परिषद ओसिए र आइची–नागोया एशियन गेम्स आयोजन समिति बीचको बैठकले क्रिकेटलाई समावेश गर्ने निर्णय गरेको छ ।
पछिल्लोपटक सन् २०२३ मा भएको एसियाली खेलकुदमा क्रिकेट समावेश गरिएको थियो। त्यसलाई सन् २०२६ मा पनि निरन्तरता दिइने जनाएको छ ।
क्रिकेट खेल टी–२० फर्म्याटमा खेलाइने छ ।
