काठमाडौं:इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित गरेको छ।
काेलकताले दिएकाे २०५ रनकाे विशाल लक्ष्य पछ्याएकाे दिल्लीले २० ओभरमा ९ विकेटको क्षतिमा १९० रन मात्रै बनाउन सक्यो ।
फाफ डुप्लेसीले सर्वाधिक ६२ तथा कप्तान अक्षर पटेलले ४३ रन बनाएपनि पर्याप्त हुन सकेन।
म्यान अफ द म्याच सुनिल नरायनले ४ ओभरमा २९ रन दिएर ३ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर २०४ रन बनाएको थियो ।
अंगकृश रघुवंशीले सर्वाधिक ४४ तथा रिंकु सिंहले ३६ रन बनाए ।
सुनिल नरायनले २७ तथा रहमनुल्लाह गुरबाज र अजिन्क्या रहानेले समान २६ रन बनाए ।
याे खेलपछि प्लेअफ दाैड राेमाञ्चक बनेकाे छ।
अंकतालिकाकाे साताैं स्थानमा पुगेकाे काेलकाताकाे ९ र चाैथाेमा रहेकाे दिल्लीकाे १२ अंक छ।
