काठमाडौं: आठौं केएनपी नेरोल्याक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। यो प्रतियोगितामा पुलिस पहिलो पटक च्याम्पियन बनेको हो।
राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको फाइनल खेलमा ६ पटकको च्याम्पियन सशस्त्र प्रहरी बल (एपिएफ) लाई ३-० को सोझो सेटमा हराउँदै पुलिसले उपाधि जितेको हो।
उपाधिसँगै पुलिसले ४ लाख ९९ हजार पुरस्कार पायाे। एपिएफले २ लाख ५० हजार रुपैयाँमा चित्त बुझायाे ।
