बैतडी-बझाङ सडकमा ट्रक दुर्घटना

बैतडी: जयपपृथ्वी राजमार्ग राजमार्ग अन्तरगत बैतडीको सुर्नया गाउँपालिका ६ भञ्ज्याङमा ट्रक दुर्घटनामा परेको हो ।  धनगढीबाट सिमेन्ट बोकेर बझाङतर्फ जाँदै गरेको ना.८ ख ४५३९ नम्बरको ट्रक शुक्रबार बिहान दुर्घटनामा परेकाे बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयो। 

दुर्घटनामा परेर चालक पाटन नगरपालिका ८ का ३५ बर्षीय लोकेन्द्रसिंह मडै र ट्रकमा सवार कैलालीको गोदावरी नगरपालिका ४ का ४५ बर्षीय मदन महरा घाइते भएका छन्।
घाइते दुवै जनालाई उपचारका लागि धनगढी लगिएको छ । उनीहरूकाे अवस्था मध्यम रहेकाे केसीले बताउनुभयो ।

दुर्घटनाको कारण खुल्न नसकेकाे ट्रक सडकबाट २५ मिटर तल खसेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!