नेपालले टी-२० आई सिरिज खेल्ने,पहिलाे खेल नेदरल्यान्ड्ससँग

काठमाडौं: नेपालले आगामी जुनमा स्कटल्यान्डमा हुने त्रिकोणात्मक टी- २० आई सिरिजमा पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ।

आगामी जुनमा ग्लास्गोको क्लाइडसडेल क्रिकेट क्लबमा हुने सिरिजमा घरेलु टोलीसहित नेपाल र नेदरल्यान्ड्स सहभागी हुनेछ। 

क्रिकेट स्कटल्यान्डले उक्त सिरिजको तालिका बिहीबार सार्वजनिक गरेको हो। यस सिरिज जुन १५ देखि २० सम्म सञ्चालन हुनेछ। नेपाल र नेदरल्यान्डबीचको पहिलो खेल भने जुन १६ मा हुनेछ।

सिरिजमा एक टोलीले एक अर्कासँग दुईपल्ट खेल्नेछन्। नेपालले जुन १७ मा स्कटल्यान्ड, १८ मा नेदरल्यान्ड्स र २० मा स्कटल्यान्डसँग पुन: खेल्नेछ।  

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!