राष्ट्रिय महिला भलिबल सुरु,उद्घाटनमा एपिएफले आर्मीलाई हरायो

काठमाडौं: काठमाडौंमा आजदेखि शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सुरु भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेप कभर्ड हलमा भएको उद्घाटन खेलमा साबिक विजेता एपिएफ क्लबले सानदार सुरुआत गरेको छ।

एपिएफलले विभागीय प्रतिद्धन्द्धी त्रिभुवन आर्मी क्लबविरुद्ध ३–० को सोझो सेटमा जित निकालको हो।

एपिएफले खेल २५–२०, २५–१३, २५–१६ ले जित्यो।

प्रतियोगितामा ५ टोली सहभागी छन् ।

सहभागी टोलीलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल हुनेछन् ।

समूह ‘ए’ मा साविक विजेता एपीएफ, एभरेष्ट र नेपाल आर्मी तथा समूह ‘बी’ मा साविक उपविजेता नेपाल पुलिस क्लब र टिप टप न्यु डायमन्ड रहेका छन् ।

विजेताले ४ लाख ९९ हजार र उपविजेताले २ लाख ५० हजार र तेस्रो हुनेले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने छ ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले ५० हजार हजार ,विधागततर्फ उत्कृष्ट सेटर, डिफेन्स, सर्भर, लिबेरो, स्पाइकर र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
हरेक खेलको प्लेयर अफ द म्याचले १५ हजार रुपैयाँ प्राप्त‌ गर्नेछ ।

प्रतियोगिताको फाइनल बैशाख १३ गते हुने जनाएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!