विश्वकप लिग टु: क्यानले कोर क्याम्प सञ्चालन गर्दै,खेलतालिका सार्वजनिक

काठमाडौं: आइसिसी क्रिकेट विश्वकप लिग टुको स्कटल्याण्ड सिरिजको लागि नेपाल क्रिकेट संघ क्यानले खेलाडी छनौटका लागि ‘द कोर क्याम्प’ सञ्चालन गर्दैछ ।

कोर क्याम्पको लागि प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका साथै यु १९ राष्ट्रिय टोलीबाट गरेर ५२ जना सहभागी छन् ।

पहिलो चरणमा ४९ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिएको थियो। तर, ४९ सदस्यीय टोलीमा यू-१९ विश्वकप छनोट टोलीका नरेन भट्ट, युवराज खत्री र सन्तोष यादव थपिएका हुन्।

छनौट भएका खेलाडीलाई निलो टिम, हरियो टिम, रातो टिम र पहेंलो टिममा विभाजन गरिएको छ।

यी ४ टोलीबीच मुलपानीको माथिल्लो र तल्लो मैदानमा प्रतिस्पर्धा हुनेछ। वैशाख १३ देखि २० गतेसम्म प्रतियोगिता हुनेछ।

वैशाख १२ गते नवनियुक्त अष्ट्रेलियन प्रशिक्षक स्टुआर्ट ल नेपाल आइपुग्नेछन्। प्रशिक्षक स्टुआर्ट र खेलाडी छनोट समितिले यो प्रतियोगिता पछि बन्द प्रशिक्षणको लागि खेलाडी छनोट गर्ने क्यानले जनाएको छ।

निलो टिम:-
रोहित कुमार पौडेल कप्तान, प्रज्वल थापा विकेटकिपर, देव खनाल, अनिल कुमार साह विकेटकिपर, शाकिब हक, सुर्य तामाङ, सन्दीप जोरा, कुशल मल्ल, गुलशन कुमार झा, हेमन्त धामी, करण केसी., दिपेश प्रसाद कँडेल, युवराज खत्री

हरियो टिम:-
आसिफ शेख कप्तान विकेटकिपर, सोमपाल कामी, ईशान पाण्डे, अर्जुन कुमाल, आकाश त्रिपाठी, सागर ढकाल, दिलीप नाथ विकेटकिपर, बिबेक कुमार यादव, पवन साराफ, रिजन ढकाल, शेर मल्ला, राशिद खान, सन्तोष यादव

रातो टिम:-
सन्दीप लामिछाने कप्तान, अर्जुन साउद विकेटकिपर, त्रितराज दास, भीम शार्की, शुभ कंषकार, शहाब आलम, बशिर अहमद, आरिफ शेख, लोकेश बम, नन्दन यादव, आकाश चन्द, प्रतीश जी।सी।, नरेन भट्ट

पहेंलो टिम:-
दिपेन्द्र सिंह ऐरी कप्तान, विनोद भण्डारी विकेटकिपर, मयन यादव, कुशल भुर्तेल, सुजन थापलिया, ललित नारायण राजवंशी, अर्जुन घर्ती विकेटकिपर, किरण ठगुन्ना, अविनाश बोहोरा, रूपेश कुमार सिंह, कमल सिंह ऐरी, विशाल पटेल, दिपेन्द्र रावत

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!