गुजरातले काेलकातामाथि हावी, प्लेअफकाे सम्भावना अधिक

काठमाडौं: गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्समाथि सहज जित निकालेको छ।

सोमबार सम्पन्न खेलमा गुजरातले कोलकातालाई ३९ रनले पराजित गरेको हो।
जितसँगै गुजरातले आठ खेलबाट १२ अंक पुर्‍याएको छ।
शिर्ष स्थानमा कायमै रहेकाे गुजरातकाे याे जितले क्वालिफायरकाे सम्भावना बलियो छ।
कोलकाताको भने समान खेलबाट ६ अंक छ। 

गुजरातले दिएको १९९ रनको लक्ष्य पछ्याएको कोलकाताले आठ विकेट गुमाउँदै १५९ रन बनाएको हो। कोलकाताका कप्तान अजिंक्य रहाणेले सर्वाधिक ५० रन बनाए। ३६ बल खेलेका उनले पाँच चौका र एक छक्का प्रहार गरे।

आन्द्रे रसेल २१, रिन्कु सिंह १७ र सुनील नारायण १४ रनमा आउट हुँदा अंगक्रिस रघुवंशी २७ रनमा अविजित रहे। गुजरातका प्रशिद्ध कृष्ण र राशिद खानले समान दुई विकेट लिए।

मोहम्मद सिराज, इशान्त शर्मा, वासिंटन सुन्दर र साई किशोरको नाममा समान एक विकेट रह्यो। त्यसअघि इडेन गार्डेन्समा टस हारेर पहिला ब्याटिङ थालेको गुजरातले तीन विकेट गुमाउँदै १९८ रन बनायो। 

गुजरातका कप्तान सुभमन गिलले सर्वाधिक ९० रन बनाए। ५५ बल खेलेका उनले १० चौका र तीन छक्का प्रहार गरे। साई सुदर्शनले ५२ रन बनाउँदा जोश बटलरले अविजित ४१ रनको योगदान दिए।

कोलकाताका वैभव अरोरा, हर्षित राना र आन्द्रे रसेलको नाममा समान एक विकेट रह्यो।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!