बैतडी जीप दुर्घटना अपडेट: मृतक र घाइते सबैकाे परिचय खुल्याे

बैतडी: बैतडीमा जीप दुर्घटना हुँदा मृत्यु र घाइते भएका सबैकाे परिचय खुलेकाे छ।
सदरमुकाम गाेठलापानीबाट भारतीय सीमानाका झुलाघाटतर्फ गइरहेको सुप प्र ०१००१ज १५०० नम्बरकाे जिप दिउँसो ३ बजेतिर दशरथचन्द नगरपालिका १० भगाेडेनाेला दुर्घटनामा परेकाे हाे।

दुर्घटनामा परेर एकजनाकाे मृत्यु र नाै जना घाइते भएका सबैको परिचय खुलेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा बैतडीको दाेगडाकेदार गाउँपालिका ६ सित्तड माइत भइ भारतकाे पिथाैरागढ घर भएकी २१ वर्षीया मिना जाेशी रहेकी छन्। मिनाकाे जिल्ला अस्पताल बैतडीमा मृत्यु भएकाे हाे।

यस्तै घाइते हुनेहरूमा मृतक मिनाका श्रीमान ३० निरज भट्ट, दशरथचन्द नगरपालिका ६ गाजरी ४५ वर्षीया जानकी चुनारा , मेलाैली नगरपालिका २ का ७६ वर्षीय कृष्णबहादुर चन्द,पुर्चाैडी नगरपालिका ५ कुवाकाेटकी २८ वर्षीया निरा कुँवर,दशरथचन्द नगरपालिका १० का २८ वर्षीय ललितराम टमटा, साेही ठाउँका ३० वर्षीया निर्मला टमटा, निर्मलाका छाेरा ८ वर्षीय कार्तिक टमटा, दशरथचन्द नगरपालिका २ देहिमाडाैं माइत भएर भारतकाे पिथाैरागढ घर भएकी २४ वर्षीया रतना काेहरा र रतनाका श्रीमान २६ वर्षीय किसन काेहरा रहेका छन् ।

घाइतेमध्ये जानकीकाे अवस्था गम्भीर, ललितरामकाे मध्यम र अन्यकाे अवस्था सामान्य रहेकाे प्रहरी प्रवक्ता केसीले बताउनुभयो । घाइते सबैको जिल्ला अस्पतालमा भइरहेको छ ।

अनियन्त्रित भएर खसेकाे जीप सडकबाट ३० मिटर तल खसेकाे छ।
जीपमा चालकसहित १३ जना सवार रहेकाेमा २ जना सकुशल रहेका छन्।

चालक दार्चुलाकाे लेकम गाउँपालिका ३ लालीका ३१ वर्षीया भुवन टमटा फरार रहेका र उनकाे खाेजी कार्य चलिरहेकाे छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!