मुम्बईकाे तेस्रो जित,हैदराबाद ४ विकेटले पराजित

काठमाडौं: सनराइजर्स हैदराबादलाई हराउँदै मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार दोस्रो जित हासिल गरेको छ।

बिहीबार सम्पन्न खेलमा मुम्बईले चार विकेटको जित निकालेको हो। जितसँगै सातौं स्थानमा कायम रहेक मुम्बईले सात खेलबाट ६ अंक पुर्‍याएको छ। यता, हैदराबादले भने पाँचौं हार बेहोरेको छ। हैदराबादको समान खेलबाट चार अंक छ।

हैदराबादले दिएको १६३ रनको लक्ष्य पछ्याएको मुम्बईले १८.१ ओभरमा ६ विकेट गुमाउँदै १६६ रन बनायो। मुम्बईका विल ज्याक्सले सर्वाधिक ३६ रन बनाए। २६ बल खेलेका उनले तीन चौका र दुई छक्का प्रहार गरे। 

र्‍यान रिक्केल्टन ३१, सूर्यकुमार यादव २६ र कप्तान हार्दिक पाण्ड्या २१ रनमा आउट भए। तिलक बर्मा भने २१ रनमा अविजित रहे।

हैदराबादका कप्तान प्याट कमिन्सले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले २६ रन खर्चिए। ईशान मलिंगाको दुई र हर्षल पटेलको नाममा एक विकेट रह्यो। 

त्यसअघि वानखेडे स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको हैदराबादले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६२ रन बनाएको थियो।

हैदराबादका ओपनर अभिषेक शर्माले सर्वाधिक ४० रन बनाए। २८ बल खेलेका उनले सात चौका प्रहार गरे। हेनरिक क्लासन ३७, ट्राभिस हेड २८ र नीतिशकुमार रेड्डी १९ रनमा आउट हुँदा अनिकेत बर्मा १८ रनमा अविजित रहे।

मुम्बईका विल ज्याक्सले सर्वाधिक दुई विकेट लिए। ट्रेन्ट बोल्ड, जसप्रीत बुमराह र हार्दिक पाण्ड्याको नाममा समान एक विकेट रह्यो।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!