नेपालसंग हङकङ ११५ रनमा अलआउट

काठमाडौं:  काठमाडौंमा जारी आइसीसी यू१९ विश्वकप एसिया छनोटअन्तर्गत लिग चरणको तेस्रो खेलमा नेपालले हङकङबाट १ सय १६ रनको सामान्य लक्ष्य पाएको छ ।

टस जितेर बलिङ रोजेको नेपालका स्पिनरले उत्कृष्ट बलिङ गर्दा हङकङ सामान्य स्कोरमा सिमित भएको हो ।
हङकङ ४७ औं ओभरमा ११५ रनमा अलआउट भयाे। उसका कप्तान शिव माथुरले अर्धशतकीय पारी खेल्दै ६३ बनाउनुबाहेक अन्य ब्याटरले ठूलो स्कोर बनाउन सकेनन् ।

युवराज खत्रीले १० ओभरमा मात्र १८ रन खर्चेर ४ विकेट लिए थिए । विपिन शर्माले ३, सन्तोष यादवले २ तथा अशोक धामीले एक सफलता प्राप्त गरे ।

नेपालले यसअघिको सुरुवाती दुवै खेल जित्दै सुखद सुरुवात गरेको छ ।

नेपालले लिग चरणको अन्तिम तथा निर्णायक खेलमा शनिबार अफगानिस्तानको सामना गर्नेछ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!