बैतडीमा पाेलियाे राेगविरूद्वकाे खाेप अभियान सञ्चालनमा

बैतडी: बैतडीमा पोलियो रोग विरुद्धको आई पि.भी खोप अभियान सञ्चालन भएकाे छ । उक्त अभियानकाे एक कार्यक्रमकाबीच आज शुभारम्भ गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले जानकारी दिनुभयाे।

दशरथचन्द नगरपालिका ८ मा रहेकाे बेताल खोदाई आधारभूत विद्यालयमा गरिएको शुभारम्भ कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामी,जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर सुशील विक,स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तिर्थराज भट्ट, दशरथचन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुवन जाेशी,जनप्रतिनिधि,स्वास्थ्यकर्मी,शिक्षकलगायतकाे सहभागीता रहेकाे थियाे।

जिल्लाका सबै स्थानीय तहमा शुरू भएकाे याे अभियान जेठ २३ गतेसम्म सञ्चालन हनेछ। यहाँका १२ हजार ८३५ बालबालिकालाई आई पि.भी खोप दिइने र जसका लागि जिल्लाका ४६० खाेप केन्द्र निर्धारण गरिएका छन्।

जिल्लाभित्र २०७३ वैशाख देखी ०७५ असाेज सम्म जन्मेका बालवालिकालाई उक्त खोप दिईने स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर हरीस भट्टले जानकारी दिनुभयो ।
नेपालमा यो खोप सेवा २०७१ सालदेखि संचालन गरिएपनि २०७३ जेठदेखि ०७५ भदाैसम्म आई पि.भी खोप अभाव भएको थियो ।

खोप अभाव भएको अवधिमा छुटेका वालवालिकाहरुलाई पोलियो रोगकाे जोखिम हुने हुँदा यो खोप लागाउन अभियान संचालन गरिएको हो ।

नजिकको खोप केन्द्रमा गएर आफ्ना बालवालिकाहरुलाई पोलियो रोग विरुद्धको आई पि.भी खोप लगाउन स्वास्थ्य कार्यालय बैतडीले अनुरोध गरेकाे छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!