यु-१९ विश्वकप: नेपालकाे दाेस्राे जित,ओमान ८ विकेटले पराजित

काठमाडौं:  यु–१९ विश्वकप एसिया छनौटमा नेपालले दाेस्राे जित निकालेकाे छ।
आज सम्पन्न खेलमा नेपालले ओमानमाथि ८ विकेटको जित निकाल्याे।
नेपालले पहिलाे खेलमा हिजाे युएईलाई ५ रनले हराएको थियाे।

यसअघि माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरको खेलमा मात्र ३६ ओभरमा अल आउट हुँदै १ सय १७ रनना समेटियो।

ओमानका ब्रजेश शाहले सर्वाधिक ५२ रन जोडे। सिद्धार्थ सौम्य शंकरले १६ र प्रथिस हेमा रमेशले १० रन बनाए।

नेपालका युवराज खत्रीले सानदार बलिङ गर्दै ७ ओभरमा २ मेडन सहित मात्र १५ रन खर्चेर ५ विकेट लिए। सन्तोष यादवले २ विकेट लिए।

तल्लाे मुलपानी मैदानमा भएको खेलमा अफगानिस्तानले हङकङलाई ८ विकेटले पराजित गरेकाे छ।

यसअघि हिजाे ओमानलाई अफगानिस्तानले ८ विकेटको फराकिलो अन्तरमा हराएको थियो।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!