दिल्लीको पहिलाे हार,मुम्बई १२ रनले विजयी

काठमाडौं: दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट २०२५ मा पहिलो हार बेहोरेको छ ।

आइतबार भएको दोस्रो खेलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई १२ रनले हराउँदै दोस्रो जित निकाल्दा दिल्लीको अपराजित यात्रामा ब्रेक लागेको हो ।
मुम्बईले दिएको २०६ रनको लक्ष्य पछ्याएको दिल्लीले पहिलो बलमै विकेट गुमाएको भएपनि करुण नायरको शानदार ब्याटिङमा १० ओभरमै ११३ रन जोडेको थियो ।
करुण सँगै साझेदारी बनाइरहेका अभिषेक पोरेल ३३ रनमा आउट भए भने करुण पनि ८९ रनमा आउट भएपछि मुम्बईले पुनरागमनको बाटो खुलाएको थियो ।

त्यसपछि मुम्बईले नियमित अन्तरालमा विकेट निकालिरह्‍यो । अन्तिम २ ओभरमा २३ रन चाहिँदा बुमराहको १९औं ओभरमा दुई चौका आएपनि पछिल्ला तीन बलमा लगातार रनआउट भएपछि दिल्ली १९३ रनमा समेटियो ।
मुम्बईका लागि करण शर्माले ३ विकेट लिए भने मिचेल सान्टनरले २ विकेट लिँदा दीपक चहर र जसप्रित बुमराहले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २०५ रन बनाएको थियो । तिलक वर्माले ५९ रन बनाए भने रायन रिकल्टनले ४१ तथा सुर्यकुमार यादवले ४० रन बनाए । नमन धिर ३८ रनमा अविजित रहे ।

दिल्लीका विपराज निगम र कुलदीप यादवले २-२ विकेट लिँदा मुकेश कुमारले १ विकेट लिए ।

यस जितसँगै ६ खेलमा ४ अंक जोडेको मुम्बई अंकतालिकामा सातौं स्थानमा उक्लिएको छ भने ५ खेल खेल्दा पहिलो हार बेहोरेको दिल्ली ८ अंकसहित दोस्रो स्थानमा छ ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!