यू–१९ विश्वकप एसिया छनोट: अफगानस्थानको शानदार सुरुआत

काठमाडौं: आइसिसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट अफगानस्थानले शानदार सुरुआत गरेको छ ।

काठमाडौंको माथिल्लो मुलपानीमा ओमानलाई ८ विकेटले हराउदै अफगानस्थनाले शानदार सुरुआत गरेको हो ।

ओमानले दिएको ९१ रनको लक्ष्य अफगानस्थानले ११ दशमलब १ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो ।

तल्लो मुलपानी मैदानमा घरेलु टोली नेपालले युएईसँग प्रतिस्पर्धा गर्दैछ।

युएईले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएको छ ।

वर्षाले गर्दा मैदान भिजेकाले ढिला गरि खेल सुरु भएको हो ।

ढिला सुरु हुँदा खेल ४० ओभरमा झारिएको छ ।

यस्तै माथिल्लो मुलपानी मैदानमा अफगानस्थानविरुद्ध टस जितेर ओमानले ब्याटिंग गरिरहेको छ ।

माथिल्लो र तल्लो मूलपानी क्रिकेट मैदानमा हुने प्रतियोगितामा घरेलु टोली नेपालसहित ५ टोली सहभागी छन्।

वैशाख ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालसहित युएई, ओमान, अफगानिस्तान र हङकङका रहेका छन् ।

यो छनोटको प्रतियोगिताको विजेता टोली सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने आइसिसी यू १९ विश्वकपमा छनोट हुनेछ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!