काठमाडौं: आइसिसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट आजदेखि काठमाडौंको मुलपानीमा सुरु भएको छ ।
घरेलु टोली नेपालले आज पहिलो खेलमा तल्लो मुलपानी मैदानमा युएईसँग प्रतिस्पर्धा गर्दैछ।
युएईले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएको छ ।
वर्षाले गर्दा मैदान भिजेकाले ढिला गरि खेल सुरु भएको हो ।
ढिला सुरु हुँदा खेल ४० ओभरमा झारिएको छ ।
यस्तै माथिल्लो मुलपानी मैदानमा अफगानस्थानविरुद्ध टस जितेर ओमानले ब्याटिंग गरिरहेको छ ।
माथिल्लो र तल्लो मूलपानी क्रिकेट मैदानमा हुने प्रतियोगितामा घरेलु टोली नेपालसहित ५ टोली सहभागी छन्।
वैशाख ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालसहित युएई, ओमान, अफगानिस्तान र हङकङका रहेका छन् ।
यो छनोटको प्रतियोगिताको विजेता टोली सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने आइसिसी यू १९ विश्वकपमा छनोट हुनेछ।


